Aamsanchar

वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

Author Image
बिहिवार, पौष २, २०७७

काठमाडौं । वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा आउन नपर्ने भएको छ । विश्वमा रोजगारीमा रहेका नेपाली श्रमिकले अनलाइनबाटै आँफै श्रम स्वीकृति नवीकरण गर्न सकिने वैदेशिक रोजगार विभागका निर्देशक ९सूचना अधिकारी० टीकामणि न्यौपानेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

रोजगारीमा गएका श्रमिकले श्रम स्वीकृति म्याद सकिएपछि नेपालमै आएर रोजगार कार्यालयबाट नवीकरण गर्नुपर्नेमा अबदेखि जुनसुकै मुलुकबाटै गर्न सकुन् भनेर यो सुविधा ल्याएको विभागको भनाइ छ ।यो अनलाइनको सुविधा एक हप्त भित्र विदेशका जुनसुकै मुलुकबाट अनलाइन सेवाबाट नवीकरण गर्न सकिने विभागका निर्देशक न्यौपानेले बताउनुभयो ।

यो सुविधाले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै रहेका लाखौं कामदार लाभान्वित हुनसक्ने विभागको अपेक्षा छ । यो सेवा लिनको लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत् वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमा तिर्न सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो । यो व्यवस्थाको लागि अनलाइन सेवा कम्पनी र इन्सुरेन्स कम्पनीहरुसँग सम्झौता भइसेकेको र उनीहरुले काम गरिरहेको विभागको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर