Aamsanchar

राप्रपा महामन्त्री लिङदेन अस्पतालबाट डिस्चार्ज

Author Image
आइतवार, पौष ५, २०७७

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेन अस्पतालबाट डिस्चार्ज भएका छन् ।  स्वास्थ्यमा क्रमस सुधार आए पछि उनलाई चिकित्सकहरुले आज आईतबार डिस्चार्ज दिएका हुँन् ।

निमोनियबाट पिडित लिङदेनलाई गत मंसिर २५ गते झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट ललितपुर स्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ एक साता भन्दा लामो उपचार पछि उनी  डिस्चार्ज भएका हुन् ।

लिङ्देनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज फर्केको छु। मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु।’ चाँडै पुरानो लयमा फर्कने छु । छुटेका र नयाँ जिम्मेवारीलाई तिव्रता दिनेछु।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर