Aamsanchar

कटारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु

Author Image
शुक्रवार, पौष १०, २०७७

उदयपुर – कटारी नगरपालिका–१ बेलसोतको चुरेक्षेत्रमा ट्रकले ठक्करबाट मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ५० वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिशातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले बिहीबार साँझ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले बताएको छ। ट्रक चालक सप्तरीको कन्चनरुप नगरपालिका–६ का २६ वर्षीय मोहमद अफरोज र ट्रकलाई नियन्त्रणमा लिएको डिसपी भण्डारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर