Aamsanchar

बिर्तामोड लगायतका क्षेत्रमा भोलि विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने

Author Image
शुक्रवार, पौष १०, २०७७

बिर्तामोड । बिजुली अफिस अगाडिपट्टिका निर्माणाधिन बिर्तामोड–भद्रपुर रोडमा परेका पोलहरु सारिने भएपछि भोलि बिर्तामोड लगायतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । पोल सार्नका लागि भोलि विहान ७ बजेदेखि बेलुका ५ वजेसम्म विजुली काटिने नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख विरेन्द्रकुमार झाले बताए ।

विजुली अफिसअगाडि ७ वटा पोल सार्न बाँकी रहेको छ । उनका अनुसार अनारमनी वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण बिर्ताबजार क्षेत्र , सैनिकमोड आसपास ,सैनिक बजार , गरामनी चोक दक्षिण ,गोलधाप ,पंचकन्या क्षेत्र , चारआलीको सबै क्षेत्र , बिर्तामोडको पूर्वपश्चिम सबै बजार क्षेत्र ,माता मन्दिर ,महानन्द चोक क्षेत्र सबै र पूर्व बस स्टेन्डको सबै क्षेत्रमा विद्युत नहुने भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर