Aamsanchar

वडासदस्य र शिक्षकसहित १३ जना जुवाडे पक्राउ

Author Image
शनिवार, पौष ११, २०७७

उदयपुर-उदयपुरको उदयपुरगढी गाउँपालिका-६ नेपालटारमा वडासदस्य र शिक्षकसहित १३ जना जुवाडे पक्राउ परेका छन्। धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वडासदस्य, शिक्षक र पूर्व(प्रहरी पनि पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ वर्षीय सुशील कुमार गुरागाईं, ३२ वर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ वर्षीय सुरज कुमार मगर, ३० वर्षीय जीवन गिरी, ३० वर्षीय धर्मनाथ दाहाल, ३१ वर्षीय दुर्गारमण दाहाल, ३२ वर्षीय युवराज कार्की, ३३ वर्षीय यादव खत्री र ४० वर्षीय शरद खत्री रहेका छन्।

यसैगरी रौतामाई–७ का ४३ वर्षीय प्रकाश दाहाल छन् भने उदयपुरगढी–८ का २७ वर्षीय सुदिप खत्री, ४० वर्षीय श्याम खत्री र ४२ वर्षीय बिदुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका ९एसपी० भिम बहादुर दाहालले जानकारी दिए।

पक्राउ परेको मध्ये प्रकाश दाहाल रौतामाई गाउँपालिका ७ का वडा सदस्य हुन्। यस्तै, गुरागाई उच्च मावि उदयपुरगढीका शिक्षक हुन् भने श्याम खत्री मावि बोहरीबोटका शिक्षक र सुरजकुमार मगर सोही विद्यालयका लेखापाल हुन्। यस्तै विदुर खत्री भुपु प्रहरी नायव निरीक्षक हुन्।

जुवाको खालबाट प्रहरीले नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाइल र ८ थान मोटरसाइकलसमेत बरामद गरेको (एसपी) दाहालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)