Aamsanchar

प्रदेश १ मा १३९ जना डिस्चार्ज

Author Image
शनिवार, पौष ११, २०७७

विराटनगर । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरंगमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ५, मोरंगको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।

प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)