Aamsanchar

वीरता जेसीज द्वारा दुई स्वास्थ्यकर्मी सम्मानित

Author Image
आइतवार, पौष १२, २०७७

तस्वीरमा क्रमस् सम्मानित व्यक्ती धनकुमार राई बिचमा जेसीज अध्यक्ष मिजास पोखरेल सम्मानित व्यक्ती शान्तिराम पोखरेल । फोटो: विनोद पाण्डे/आमसंचार

चारपाने । वीरता जेसीजले झापामा कार्यरत दुई स्वास्थ्यकर्मीहरुहरुलाई सम्मान गरेको छ ।

वीरता जेसीजको ४० औं साधारणसभा तथा शाखा अधिवेशन उद्घाटन समारोहमा मेची प्रादेशिक अस्पतलाका वरिष्ट ल्याव एसिष्टेन धनकुमार राई र कनकाई पीसीआर ल्यावका इन्चार्ज शान्तिराम पोखरेललाई सम्मान गरिएको हो ।

दुबैजना स्वास्थ्यकर्मीहरुलाई  कार्यक्रमका प्रमुख अतिथि वीरता जेसीज पूर्व अध्यक्ष टोरुप प्रसाई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले सम्मान गरेका थिए ।

आज विर्तामोडको अतिथि सदमा सम्पन्न सम्मान कार्यक्रममा वीरता जेसीज निवर्तमान अध्यक्ष विशाल थापा, पूर्व अध्यक्ष राजेन्द्र चौलागाइँ, एकराज गिरी, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, महासचिव प्रसान्त भण्डारी, वीरता लेडी जेसीज अध्यक्ष सुस्मा पौडेल लगायतले बधाई ज्ञापन गरेको महासचिव विकास बस्नेतले बताए ।

जेसीजको बन्द सत्र हलिे सुरु भई रहेको छ । नयाँ कार्यसमितको लागि भोली निर्वाचन हुने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर