Aamsanchar

हिमाली क्षेत्रको नयाँ गन्तव्य मार्दी हिमाल (फोटो फिचर सहित)

Author Image
सोमवार, पौष १३, २०७७

बिर्तामोड । हिमाललै हिमालले पूर्व पस्चिम सिमा बनेको हिमालमा अझै पनि कयौं नेपालीहर पुग्न सकेका छैनन् । यातायात र अन्य सुविधा अभवकाका कारण पनि हर नेपाली सर्वसाधारणहरु हिमान टेक्न पाएका छैनन् । आर्थिक अर्को पाटो पनि हो ।

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला। हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द। यस्तो अवसर सहज रुपमा छोटो समयमा पुग्न सकिने हिमाली क्षेत्रको नयाँ गन्तव्य मार्दी हिमाल पदयात्रा गर्नेलाई सजिलै प्राप्त हुन्छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ। दुई महिना अघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाएको छ ।

सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले समेत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छ्रेसँगैको मार्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मार्दी हिमाल पदयात्रा मार्गको रुपमा विकास गरिएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रा मार्फत पुग्न सकिन्छ। त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन्। लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्र्दी हिमाल आधार शिविर पुगिन्छ ।

भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यका लगायतका क्षेत्रहरुको दृश्यावलोकन गर्न सकिन्छ । अधिकाँश पर्यटक नार्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँको रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।

पाँच र छ वर्षअघि यस मार्ग गुमनाम जस्तै थियो। पर्यटक देख्न समेत मुस्किल पर्ने गरेकामा दुई र तीन वर्षयता आएर मुख्य सिजनमा व्यवसायीलाई पर्यटक राख्न धौधौ हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ। त्यसमा विदेशीसँगै नेपालीको सङ्ख्या पनि उत्तिकै छ ।

पर्यटक बढेसँगै पहिल्यै बुकिङ्ग गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःख समेत पाउने गरेका छन्। पदयात्रामार्गको माछापुच्छ्रे गाउँपालिका–८ कालीमाटीमा पाँच वर्षअघि बाट हिमाल इको भिलेज सञ्चालन गर्दै पदयात्रा व्यवस्थापन समितिमा आबद्ध शिवप्रसाद भण्डारीले दुई वर्षयता मुख्य सिजनमा पर्यटकको भीड थामिनसक्ने हुने बताए ।

मार्दीबाट देखिएको माछापुछ्रे हिमाल ।

छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले समेत व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरेर त्यहीँबाट फर्कने गर्दछन् । श्रोत विभिन्न अनलाईहरु

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर