Aamsanchar

लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर,ग्याबिन तार जालीमा घोटालाको अभियोगमा

Author Image
मङ्गलवार, पौष १४, २०७७

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा त्यही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार चार सय ५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर