Aamsanchar

झापा र मोरङमा भएका छुट्टा-छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

Author Image
मङ्गलवार, पौष १४, २०७७

काठमाडौं – प्रदेश १को झापा र मोरङ भएका छुट्टा-छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रको सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाईकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमलाको मृत्यु भएको हो ।

त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० मा भएको दुर्घटनामा पिकअप भ्यानका चालकको मृत्यु भएको छ। आज राती १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका को २ च १५८२ का चालक, केराबारी गाऊँपालिका– ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 495

प्रतिक्रिया (०)

सम्बन्धित खबर