Aamsanchar

भारतबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोना खोप खरिद गर्ने औपचारिक प्रक्रिया शुरु

Author Image
बुधवार, पौष १५, २०७७

काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ ।

खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई जानकारी दिए । भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ । भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर