Aamsanchar

काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जना नेविसंघ कार्यकर्ता पक्राउ

Author Image
बुधवार, पौष १५, २०७७

काठमाडौं – काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) का १७ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो।

सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटन लगायतका राजनीतिक घटना बढिरहेको बेला नेकपा मिलाउन चिनियाँ टोली नेपाल आएर नेकपा मिलाउन कस्सिएको छ।

प्रदर्शनमा उत्रिएकाहरुले चीन विरोधी नारा लगाएका थिए। प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर