Aamsanchar

पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको : गौतम

Author Image
शुक्रवार, पौष १७, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताएका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने बताए । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर