Aamsanchar

पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
शनिवार, पौष १८, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ५७ सय ११ छन्।

त्यस्तै, थप ७ सय ५० संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ प्रतिशत पुगेको छ। कुल संक्रमित २ लाख ६१ हजार ४६१ जना छन्। बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ७० जना पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर