Aamsanchar

सशस्त्र प्रहरीमा जागिरखान लिखित परीक्षा दिनेहरुमा सात जना नक्कली परीक्षार्थी फेला

Author Image
आइतवार, पौष १९, २०७७

सुर्खेत । सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । गणेश बहादुर रोकायको सट्टामा सन्तोष कार्की, कमल रोकायको सट्टामा ईराज तामाङ, कविता कार्कीको सट्टामा कमला शर्माले परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर