Aamsanchar

कोहेड कलेजका सय जना विद्यार्थीलाई डिएसपी रिजालले सचेत गराए

Author Image
आइतवार, पौष १९, २०७७

बिर्तामोड । व्यक्ती, परिवार, समाज अनि देशलाई नै सखाब पार्ने लागूऔषध प्रयोगमा अशिक्षित भन्दा शिक्षित वर्ग, यूवा र विद्यार्थीहरु जानी नजानी लहलैमा लागेर कुलतमा फस्ने गरेको तथ्याङकले देखाउछ । झापा जिल्लाकै हकमा लागू औषधका मुद्धाहरु दैनिक जसो बढनेक्रम छ । लागु पदार्थ प्रयोग र ओसारपसारमा संलग्न भएकाहरु कति नारकिए जीवन विताउन बाध्य छन् । कयौं कैदी जीवन व्यतित गर्दै आएका छन भने कति आफ्नो घर सामाज छोडर भागेर अन्तै पलाएन भएका छन् । कयौं विद्यार्थीहरुले आफ्नो भविश्य अन्धकार बनाएका छन् ।

लागु औषध नियन्त्रणमा सरकारले कडा कानुन बनाए पनि कार्यानयन भने सोचे जस्तो भएको छ्रैन, सरकारले मात्र अहिलेको भयावह स्थितीलाई रोक्न सक्ने अवस्था पनि छैन । यस्तै स्थानिय स्तरमा लागूऔषध दुर्यशनी रोकथाम गर्नको लागि ठाउँठाउँमा सामाजिक संघ संस्थाहरुले सचेतना कार्यक्रम गर्दै आएका छन् सोही अनुरुप आईतबार विर्तामोडमा पनि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विर्तामोड स्थित कोहेड टोल विकास संस्थाको आयोजना र इलाका प्रहरी कार्यालय विर्तामोको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

टोल विकास संस्थाकी अध्यक्ष पार्वता विमली खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा लागुऔषध न्युनिकरणका उपाए त्यसबाट पर्ने प्रत्यक्ष अप्रत्यक्ष असरका बारेमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले सहजीकरण गरेका थिए । कार्यक्रममा कोहेड कलेजका एक सय जना विद्यार्थीले सहभागी जनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर