Aamsanchar

भद्रपुरका एक सय विपन्न परिवारको मुहारमा हाँसो ल्यायो हाम्रो अभियानले

Author Image
आइतवार, पौष १९, २०७७

झापा । पछिल्लो समय यता नेपालमा अत्याधिक मात्रामा चिसो बढे सँगै तराईमा शितलहरको जोखिम बढी रहेको छ । यसै क्रममा झापा स्थित भद्रपुर नगरपालिका वार्ड न. ७, वार्ड न. १० र वार्ड न. ३ सन्थाल बस्तिमा रहेका एक सय घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

हाम्रो अभियानको संयोजनमा आज ब्लान्केट, टाउजर, टोपी, जुत्ता, चप्पल आदि लगायतका सामग्री वितरण गरिएको छ । विभिन्न ठाउबाट संकलन गरिएको उक्त कपडाहरु दैनिक मजदुरी , ज्यालादारी कामबाट जिविकोपार्जन गर्दै आएका परिवारहरुलाई न्यानो माया बाड्ने उदेश्यले यो अभियानको सुरुवात् गरिएको अभियानका सचिब बिष्णु प्रसाद आचार्यले बताए ।

कार्यक्रममा हाम्रो अभियानबाट बिज्ञानराज पौडेल, सन्दिप गिरी , सर्मिला कडेल, निलम कार्की लगायत स्थानीय युवा, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवीको उपस्थिति रहेको थियो ।

यसअघि हाम्रो अभियानले झापाको काँकरभिट्टा देखि उर्लाबारीमा दैनिक रुपमा सडक पेटी तथा सार्वजनिक स्थलहरुमा आश्रित ७० जना सडक मानवको उद्दार संगै उनीहरुलाई टोपी, म्याट, स्वीटर, पन्जा लगायतका सामाग्री वितरण गरिसकेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर