Aamsanchar

वीरता जेसीजको कार्यकारिणी उपाध्यक्ष, महासचिव र कानूनी सल्लाहाकार पद पनि टुङ्गो लाग्यो

Author Image
मङ्गलवार, पौष २१, २०७७

तस्वीरमा क्रमस् कार्यकारिणी उपाध्यक्ष अशोक चौधरी, विकाश बस्नेत, नवनिर्वाचित अध्यक्ष राजिव धिमाल, नवनियुक्त महासचिव एल सी श्रेष्ठ ।

बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता जेसीजले निर्वाचन सम्पन्न गरेको छ ।

गत पुष १२ गते ४० औं साधारण सभा तथा बन्दसत्र हुदै सहमती सहकार्यलाई आत्मसाथ गर्दै सुरु भएको चुनावी प्रक्रिया आज मंगलबार सम्पन्न भएको हो ।

कार्यकारिणी पदका तिनजना उम्मेदवारमा एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्वत रुपमा दुईजना कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यस अधिघ निर्वाचनबाट चुनिने सबै पदाधिकारीहरु सर्वसम्वत निर्वाचित भई सकेको भए पनि कार्यकारिणी उपाध्यक्षको टुङ्गो भने आज लागेको हो ।

वीरता जेसीजको बर्ष २०२१ को लागि कार्यकारिणी उपाध्यक्षमा विकास बस्नेत र अशोक चौधरी सर्वसम्वत निर्वाचित भएका छन् सर्वसम्वतका लागि अर्का उम्मेदवार कुशल खतिवडाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि चुनावी प्रक्रिया सर्वसम्वत प्रक्रियाबाट समपन्न भएको निर्वाचन अधिकृत विशाल थापाले बताए ।

त्यसै गरी नवनिर्वाचित अध्यक्ष राजिव धिमालले आजै महासचिव र कानुनी सल्लाहार पनि नियुक्त गरेका छन् । महासचिवमा लोकचन्द्र श्रेष्ठ (एल सी) र कानुनी सल्लाहाकारमा प्रविण खड्कालाई नियुक्त गरेको धिमालले घोषणा गरे, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा भने आगामी हुने पदहस्तान्तरण समारोहका बिच चयन गर्ने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर