Aamsanchar

प्रहरी कार्यालय झापाका एसपी कोइराला सहित तीन जना डिएसपीको सरुवा ( देशभरको सूचीसहित)

Author Image
मङ्गलवार, पौष २१, २०७७

झापा –देशभरबाट एकै पटक ३० जना एसपी र ६९ डीएसपीको सरुवा भएको छ , जस्मा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक एसपीसहित तीन जना प्रहरी नायव उपरीक्षक डिएसपीको सरुवा भएको हो ।  प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग कर्मचारी शाखाले मङ्गलवार साँझ उनीहरूको सरुवाको सुची निकालेको हो ।

प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँमा एसपी सानुराम भट्टराई झापा आउन लागेका हुन् । एसपी भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट आउन लागेका हुन । एसपी भट्टराई २०५८ सालमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा प्रहरी निरीक्षक पदमा हुँदा काम गरिसकेको अनुभव छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलको प्रहरी प्रधान कार्यालय अपराध महाशाखा काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँमा डिएसपी सुनिल दाहाल आउने भएका छन् । डिएसपी दाहाल १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आउन लागेका हुन । इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मुकुन्दप्रसाद रिजालको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको छ । उनको ठाउँमा डिएसपी सन्तोष आचार्य आउने भएका छन् ।

डिएसपी आचार्य प्रहरी प्रधान कार्यालय अपराध महाशाखा काठमाडौँमा आउन लागेका हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितको गण्डकी प्रदेश तालिम केन्द्र पोखरा सरुवा भएका छन् । उनको ठाउँमा डिएसपी नवराज कार्की आउने भएका छन् । डिएसपी कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौँबाट आउन लागेका हुन् ।

 

३० जना एसपीको सरुवा (सूचीसहित)

 

 

६९ डीएसपीको सरुवा (सूचीसहित)

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर