Aamsanchar

झापामा सिकार खेल्न गएका एक युवक २ वटा भरूवा बन्दुकसहित पक्राउ

Author Image
बुधवार, पौष २२, २०७७

झापा-जंगलमा सिकार खेल्न गएका एक युवक दुईवटा भरूवा बन्दुकसहित पक्राउ परेका छन्। बन्दुकसहित पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमु रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।

मंगलबार बेलुका ५ बजेको समयमा कचनकवल ७ स्थित पाथीभरा सामुदायिक वनमा केही व्यक्ति बन्दुक बोकेर सिकार खेल्न प्रवेश गरेको भनी सूचना आएपछि बिओपी पृथ्वीनगर र पाठामारीबाट गएको सशस्त्र प्रहरी टोलीले माङमुलाई हतियारसहित पक्राउ गरेको एसपी पाण्डेले जानकारी दिए। यता, पक्राउ परेका माङमुलाई हतियारसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा बुझाइसकेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)