Aamsanchar

थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४ जनाको मत्यु

Author Image
बिहिवार, पौष २३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५०५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९०३ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ । काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा २५, रुपन्देहीमा २५ र धादिङमा १० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर