Aamsanchar

बेलायतबाट आउनेको कोरोना नमुना परिक्षणका गर्न हङकङ पठाइने

Author Image
बिहिवार, पौष २३, २०७७

काठमाडौं । बेलायतबाट फर्किएका ५ नागरिकको कोरोना भाइरस संक्रमणको जिन सिक्वेन्सिङ गर्न हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमुना पठाउने तयारी भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार सोमबारसम्ममा हङकङ पुग्ने गरी नमुना पठाउन लागिएको हो ।

गत पुस १४ गते बेलायतबाट फर्किएका ५ नागरिकमा संक्रमण पुष्टि भएपछि नेपालमा पनि कोरोना भाइरसको नयाँ लहर प्रवेश गरेको आशंका गरिएको थियो । तर, जिन सिक्वेन्सिङ नगरी भाइरसको स्वरुप थाहा नपाइने भएकाले अन्योल थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर