Aamsanchar

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो, २४ घण्टामा ५ सय ५४ जनामा संक्रमण पुष्टि

Author Image
शुक्रवार, पौष २४, २०७७

काठमाडौँ — देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ को मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर