Aamsanchar

प्रदेश १ मा १९ कोरोना संक्रमितथपिए

Author Image
शुक्रवार, पौष २४, २०७७

विराटनगर ।  प्रदेश १ माआज १९ जना कोरोना संक्रमितथपिएको छ । मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७जना छन् ।

प्रदेश १ माआज ५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या२९ हजार ६०२ पुगेको छ ।

प्रदेश १ माआज २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर