Aamsanchar

नेपालमा कोरोना संक्रमित ५९.३ प्रतिशतले गुर्जो र बेसार प्रयोग गरे : स्वास्थ्य अनुसन्धान परिषद्

Author Image
शनिवार, पौष २५, २०७७

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा परेका ५९.३ प्रतिशतले घरेलु औषधी प्रयोग गरेको अनुसन्धानबाट थाहा लागेको छ। कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका ५९.३ प्रतिशत संक्रमितले औषधिको रूपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको हो।

होम आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य स्थितिबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ​अध्ययनअनुसार ५९ प्रतिशत संक्रमितले गुर्जो र बेसार लगायतका सामग्रीहरू प्रयोग गरेको पाइएको छ। परिषद्ले सो रिपोर्ट हालै सार्वजनिक गरेको छ।  परिषद्का अनुसार अध्ययनमा कोरोना संक्रमणमा परेर होम आइसोलेसनमा बसेका ५३६ जना सहभागी थिए। त्यसमा ५७. ८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिला थिए। ती मध्ये ५९.३ प्रतिशतले घरेलु उपचारको रुपमा गुर्जो र बेसार प्रयोग गर्ने गरेको र ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि प्रयोग गरेका थिए।

होम आइसोलेसनमा बसेका १.२ संक्रमितलाई मानसिक समस्या

अध्ययन अनुसार कोरोना संक्रमण भइ होम आइसोलेसनमा बसेका ५८.२ प्रतिशतमा मानसिक अशान्ति भएको देखाएको छ। १.२ प्रतिशतलाई मानसिक समस्या देखिएको छ। होम आइसोलेसनमा बसेकामध्ये ९५.९ प्रतिशत संक्रमितलाई परिवारले नै स्याहार गरेको पाइएको छ। १२. ५ प्रतिशतले सामाजिक दूरी पालना नगरेको बताएका छन्‌।

अध्ययनमा सहभागीमध्ये २१. १ प्रतिशतमा दीर्घ तथा संक्रामक रोग जस्तै सुगर, दम, क्षयरोग र एचआईभी संक्रमणको समेत समस्या थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर