Aamsanchar

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कम, २४ घण्टामा ६ सय ९९ जना निको

Author Image
शनिवार, पौष २५, २०७७

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ८१ जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

यस्तै थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९ सय १२ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर