Aamsanchar

खाने तेलको मूल्य वृद्धि भएसँगै बजारमा कृत्रिम अभाव

Author Image
आइतवार, पौष २६, २०७७

काठमाडौं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् । उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।

भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको तेलको मूल्य बढेको छ । भटमासको तेलको मूल्य ५० प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य १८ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्ने सनफ्लावर तेलको मूल्य २९ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी अमृत तेलको मूल्यमा पनि १७ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ८० रुपैयाँबाट २ सय १० रुपैयाँ पर्न थालेको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै ठूला व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्र बजारमा खाने तेलको मूल्य अझै बढ्न सक्छ । तेलको कारोबार गर्ने ठूला व्यापारी, बिचौलिया र उद्योगीहरूको मिलेमत्तोमा बजारमा भटमास र सनफ्लावर तेलको कृत्रिम अभाव भइरहेको उनको दाबी छ । ‘यी दुईथरी तेलहरू बजारमा पाउनै मुश्किल छ,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१