Aamsanchar

घरबाट व्याडमिन्टन खेल्न भनी निस्किएका दुई बालक बेपत्ता

Author Image
आइतवार, पौष २६, २०७७

पर्सा – शनिबार बिहानदेखि पर्साको वीरगन्जबाट दुईजना बालक बेपत्ता भएका छन्। विहान घरबाट व्याडमिन्टन खेल्न भनी निस्किएका दुई बालक बेपत्ता भएका हुन्। बेपत्ता भएका बालकहरु दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका रहेको पर्सा प्रहरीले जनाएको छ। बेपत्ता बालकहरु मध्ये एक जना यातायात व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा शवेश गुप्ता (तेजस) र अर्का स्थानीय दीपेश शर्माको छोरा प्रनिश शर्मा रहेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ।

कलवार राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष पनि हुन्। सिभिल प्रहरीसहितको सहकार्यमा खोजी कार्य अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ। अहिलेसम्म ती बालकहरु फेला नपरेको सोही एरियामा रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले बताए। दबै बालकहरु स्थानीय गौतम मा।वि। को कक्षा ६ मा अध्ययनरत छात्र रहेको प्रहरीले जनाएको छ।

विद्यालयका निकै जेहेन्दार र चलाख बच्चाहरु भएको विद्यालयले पनि जनाएको छ। दुवै बालकहरु घरबाट बिहान करिब ११ बजे तिर बाहिर निस्केका थिए। अहिलेसम्म दुवै जना फेला परेका छैनन्। कहिँबाट कुनै जानकारी वा सूचनाहरु पनि केही आएको छैन। प्रहरीमा भने हिजो साँझ नै उजुरी दिएर दबवै बालकको खोजी कार्य भइरहेको बेपत्ता बालक तेजसका बुबा जगरनाथ कलवारले बताए।

उनले कसैले देखे वा फेला पारे नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यहरुलाई चिन्ने महानुभाव भए जानकारी दिन पनि अनुरोध गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर