Aamsanchar

ट्रयाक्टरको ट्रलीले लागेर धनकुटामा विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्राको मृत्यु

Author Image
आइतवार, पौष २६, २०७७

धनकुटा –धनकुटा नगरपालिका–७ सिरवानीमा ट्रयाक्टरको ट्रलीले लागेर एक विद्यार्थीको मृत्यु भएको छ। आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा–८ पेलेकपाङ्गकी १५ वर्षीया रेविका आठपहरियालाई प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्रयाक्टरको ट्रलीले लागेर मृत्यु भएको हो।

रेविका धनकुटा–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिइन्। प्रत्यक्षदर्शी स्थानीय देवान कान्छाले विद्यार्थी आउँदै गरेकाले ट्रली नहल्लाउनु आग्रह गर्दा गर्दै चालकले बालुवा अनलोड गर्दा ट्रली घोप्टिएर विद्यार्थीहरुलाई लागेको बताए। उनले विद्यार्थीहरु भाग्दा भाग्दै एकजनालाई भने ट्रलीले लागेको बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले भने बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको बताए। मृतक छात्राको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगिएको छ। घटनापछि भागेका ट्रयाक्टर चालक सहिदभूमी गाउँपालिका–४ का २९ वर्षीय छत्रबहादुर विश्वकर्मा प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर