Aamsanchar

‘झापाको जस्तो सामाजिक राजनीतिक संस्कार अन्यत्र पाएको थिईन’ : डिएसपी रिजाल

Author Image
आइतवार, पौष २६, २०७७

गत वर्षको पुस २७ गतेबाट नेतृत्व सम्हाल्न इलाका प्रहरी कायाृलय बिर्तामोड आइपुगे प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल बिर्तामोडवासीको नजरमा धन्यवादका पात्र बनेका छन् । आएको केही समयमा कोभिडको संक्रमण देखा परेपछि त्यसबाट नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ, शान्ति सुरक्षालाई कायम राख्न चिन्तन मनन, योजना र सक्रियतामा आफूलाई व्यस्त बनाउदा बनाउदै रिजाल गृह जिल्ला दाङ सरुवा भएका छन् ।
उनले कोभिड–१९को संक्रमणबाट गरिएको लकडाउनको समयमा लकडाउन उल्लङ्घन गर्नेलाई कार्वाही स्वरुप देशमै पहिलोपटक रोड लकडाउन सेल खडा गरेर चर्चा कमाएका थिए ।
यसैबीच दिन प्रतिदिन दुव्र्यसनीको संख्या बढ्दै गएपछि लागूऔषध कारोवारमा झापा हटस्पट बन्ने सवै क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालिएको छ । झापामा दिन प्रतिदिन लागूऔषध प्रयोगकर्ताको संख्या बढेसँगै प्रहरी अधिकारीहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।
विशेषगरी २०देखि ३८ वर्ष उमेर समूहका मानिस कुलतमा फसेको र यस कार्यालयको मातहतमा मात्रै पछिल्लो एक वर्षमा २९ जना मानिस पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । प्रहरीले एक वर्षको अवधिमा ब्राउनसुगर मात्रै २ सय ३ ग्राम भन्दा बढी बरामद गरेको जनाइएको छ ।
युवापुस्ता कुलतमा फसेको प्रति चिन्ता व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक रिजालले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय स्तरमा गएर प्रहरीले विभिन खाले सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताए । उनले विद्यालयस्तरमा पुगेर विद्यार्थीलाई लागूऔषध दुव्र्यसन सम्वन्धी सचेतना शिक्षा समेत प्रदान गर्दै आएको जानकारी दिए ।
प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरे पनि बिर्तामोड क्षेत्रका भेटनरी, किराना पसल लगायतका क्षेत्रबाट समेत लागूऔषध बरामद गरेसँगै इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति अपनाएर दुव्र्यसनमा फसेकाहरुलाई नियन्त्रणमा लिने काम भइरहेको शनिवार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक वर्षभित्र भएका विभिन्न गतिविधि सार्वजनिक गरेका थिए ।

२०७६ माघ २० गते बिर्तामोड–२ चारपाने स्मार्ट टोलस्थित एनकुमार राजवंशीको खेतमा थ्रेसर गरी राखेको परालको थुप्रोमा भारतको बिहार राज्य अररिया जिल्लाका ३५ वर्षीय सुभान शेखलाई हत्या गरी जलाएको अवस्थामा शव फेला परेको र घटनामा संलग्न बिर्तामोड–२ चारपानेका २० वर्षीय करण चौधरी भनिने करण ऋषिदेव र २० वर्षीय लक्ष्मण यादवलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।
त्यस्तै २०७७ असोज २८ गते कनकाई–३ एकान्त टोलस्थित बाँस झ्याङ्ग र सुरुङ्गा खोलाको बाँधको बीचमा पूर्व–पश्चिम रहेको भित्री सानो गोरेटो बाटोमा सोही ठाउँका २२ वर्षीय अभिशेष चौधरीको हत्यामा संलग्न कनकाई नगरपालिका–७का २२ वर्षीय टल्के भनिने रवीन राजवंशीलाई हत्यामा प्रयोग गरिएको बञ्चरो सहित ८ घण्टामा नियन्त्रणमा लिन सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरी नायव उपरीक्षक रिजालले उक्त घटनालाई टल्के अप्रेशन नाम दिएका थिए । प्रहरीले २०७७ असार २४ गते कनकाई–४बाट ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले ५ सय दरका एक लाख ४४ हजार नक्कली नोट बरामद गरेको थियो । नक्कली नोट सहित कनकाई–३का ४३ वर्षीय मौसम श्रेष्ठ, खुर्सैद आलम र झापा गाउँपालिका–५का एराजुल हकलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरीले अपराध न्यूनीकरणकै क्षेत्रमा विभिन्न मितिमा चोरी पैठारीका सामान वरामद गरेर भन्सार कार्यालय वुझाएको छ । एक वर्षको अवधिमा १९ लाख वरावरको सामग्री वरामद गरेर भन्सार कार्यालय बुझाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै वन पैदावार तर्फ दुई सय क्वीफूट काठ तथा सवारी साधन सहित कारवाहीका लागि सम्वन्धित कार्यालयमा वुझाइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । प्रहरीले नदी जन्य पदार्थ उत्खनन् तर्फ समेत आफ्नो सक्रियता देखाएको जनाइएको छ । विभिन्न समयमा ट्रिपर, ट्याक्टर लगायतका सवारी साधनमा लोड भएका अन्दाजी १५ लाख मूल्य वरावरको वालूवा गिटी तथा नदी जन्य पदार्थ पक्राउ गरी कारवाहीका लागि सम्वन्धि कार्यालयमा वुझाइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।

त्यस्तै होटलमा हुने यौन जन्य गतिविधि , मानव वेचविखन, जुवा तास, वैदेशिक रोजगारी सम्वन्धि ठगी लगायतका आपराधिक घटनामा सम्लग्नहरुलाई समेत कानूनी दायरामा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले एक वर्षको अवधिमा भएका अपराधका घटनामा सम्लग्नहरुलाई कानूनी कठघरामा उभ्याउन सफल भएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । आफ्नो एक वर्षे अवधि भित्र बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका क्षेत्रबाट सबै राजनीतिक दल, उद्योगी व्यवसायीहरु, सामाजिक क्षेत्रका अगुवा, तथा विभिन्न संघ संस्थाको सहयोग प्राप्त भएको भन्दै झापाको जस्तो रानजीतिक संस्कार अन्यत्र नभएको धारणा ब्यक्त गरे ।

प्रहरीले गरेका हरेक गतिविधिलाई झापाली सञ्चारकर्मीले नागरिक माझ पु¥याएका कारण नै प्रहरी र नागरिकबीचको सम्वन्ध सुमधुर बनेको प्रहरी नायव उपरीक्षक रिजालको भनाई छ । पत्रकारले तत्यगत कुरामा विश्वास गर्ने भएकाले यहाँ भएका हरेक गतिविधिलाई सकारात्मक ढंगवाट सम्प्रेसण गरेर प्रहरी र नागरिकबीच पुलको काम गरेको रिजालको बताउनुभयो ।

आफ्नो एक वर्षे अवधिभित्र बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका क्षेत्रबाट सबै राजनीतिक दल, उद्योगी व्यवसायीहरु, सामाजिक क्षेत्रका अगुवा तथा विभिन्न संघसंस्थाको सहयोग प्राप्त भएको भन्दै झापाको जस्तो राजनीतिक संस्कार अन्यत्र नभएको धारणा व्यक्त गरे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर