Aamsanchar

३७ जोडी जुम्ल्याहा झापामा एकै ठाउँ भेला

Author Image
सोमवार, पौष २७, २०७७

झापा- झापामा ३७ जोडी जुम्ल्याहा (टुइन्स) हरू एकै ठाउँमा भेला भएका छन्‌। आमाको कोखमा एकसाथ बसेका र सँगै जन्मिएका जुम्ल्याहाहरू कमल गाउँपालिका–६ झारबारीस्थित स्माइल फन पार्कमा जमघट भएका हुन्। सन् २०१६ मा स्थापना भएको टुइन्स क्लब नेपालले झापाका विभिन्न स्थानमा रहेका जुम्ल्याहाहरूलाई एकै ठाउँ भेला गरी एक-आपसमा परिचय गराएका थिए।

देशभर जुम्ल्याहा र तिम्ल्याहाहरूको भेटघाट गरी सङ्ख्या संकलन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको क्लबका संस्थापक सदस्य कमल श्रेष्ठले जानकारी दिए। उनले भने, सबै टुइन्सको क्षमता वृद्धि गर्नुका साथै आ-आफ्नो ठाउँबाट सहयोग गरी हरेक सामाजिक कार्यमा मन र विचार मिलाएर देशव्यापी रूपमा टुइन्स क्लब नेपाललाई चिनाउने हाम्रो उद्देश्य हो।

जुम्ल्याहाहरूको अनुहार मात्र होइन, भावना र विचार समेत मिल्ने हुँदा सबै एक ढिक्का भई उभिनुपर्ने बताउँदै शङ्करप्रसाद सापकोटाले भने, जुम्ल्याहाहरूले गायन र चलचित्र लगाएका क्षेत्रमा नाम कमाइरहेको हुँदा अब सामाजिक र राजनीतिक क्षेत्रमा पनि अग्रसर भई राष्ट्रको उन्नतीमा जुट्नुपर्छ।

कार्यक्रममा सहभागी जुम्ल्याहाहरूले जोडी जोडी ग्रुपमा फोटो खिचाएका पनि थिए। पार्कमा पिकनिक खान र घुम्न आएका अधिकांश आन्तरिक पर्यटनका लागि जुम्ल्याहाहरू रमिते बनेको दृश्य हेर्न लायकको थियो।

जुम्ल्याहाहरूको भेलाबाट जिल्लामा थप सङ्गठित हुन संस्थापक सदस्य कमल श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। सदस्यहरूमा दमकबाट सृष्‍टि अधिकारी, बिर्तामोडबाट शिला बस्नेत, झापा गाउँपालिकाबाट सचिन चिमरिया, मेचीनगरबाट अपेक्षा दाहाल, पथरीबाट रक्षा बस्नेत, बाह्रदशीबाट गङ्गा बस्नेत र चुलाचुलीबाट सोना राई चयन भएका छन्। सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताले रुचाउन थालेपछि जुम्ल्याहा (टुइन्स)हरूको क्रेज ह्वात्तै बढेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर