Aamsanchar

पृथ्वीनारायण शाह अध्ययन केन्द्रको सेना मुख्यालय जङ्गीअड्डामा उद्घाटन

Author Image
सोमवार, पौष २७, २०७७

काठमाडौँ — पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । सोमबार भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी राष्ट्रिय कविता प्रतियोगिता २०७७ पनि आयोजना गरेको थियो । प्रतियोगितामा ३६९ कविता सहभागी भएको र उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए । साथै त्यही दिन उत्कृष्ट ३० कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो ।

त्यस्तै उत्कृष्ट १० कविहरुलाई सोमबार नेपाली सेनाको जङ्गीअड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर