Aamsanchar

कस्तो रह्यो आजको शेयर बजार ?

Author Image
सोमवार, पौष २७, २०७७

काठमाण्डौ – आइतबार ४१ अङ्कले बढेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ । व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ ।

सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो । सोमबार आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । ​मल्टिपर्पोज फाइनान्सका शेयर धनीले भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१