विराटनगर । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत जुटाउने प्रयासमा छन् ।
केन्द्रमा दुई लाइन देखिएपनि पार्टी वैधानिक रुपमा नफुटेका कारण केन्द्रलाई दबाव दिने उदेश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा थप कुनै निर्णय नभएको बताए ।
बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो, तर उनले त्यसलाई अस्वीकार गरे । लगतै मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर अब वामदेवतिर लागेका छन् ।
दुई सांसदले छाडे प्रचण्ड–माधवको साथ
यसैबीच मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई प्रदेशसभा सदस्य ओली समूहमा आएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी कला घले र मोरङकी बसन्तीदेवी यादव ओली समूहमा लागेका हुन् । घले प्रत्यक्ष निर्वाचित हुन् भने यादव समानुपातिक सांसद हुन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना छन् । उनीहरुमध्ये ४७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहको दाबी थियो । तर कृषि राज्यमन्त्री राम रानाले कित्ता परिवर्तन गरे भने ९ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मानेनन्/चाहेनन् ।
अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका थिए । उनीहरूमध्ये पनि कला र बसन्तीदेवीले ओली समूहमा आएका छन् भने बुढाथोकी र मैनाली एकता अभियानतिर लागेका छन् ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :