Aamsanchar

आगलागिमा परि दमक स्थित भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको मृत्यु

Author Image
मङ्गलवार, पौष २८, २०७७

झापा-भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए ।

उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको  शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ । आगलागी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको । कसैले नियोजित रुपमा आगो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन् ।आगलागी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर