Aamsanchar

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोरङमा १ जनाको मृत्यु

Author Image
बुधवार, पौष २९, २०७७

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबारसाँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा परेर घाइते भएका रोशनको उपचारका क्रममा पथरी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको हो। जहदा मोडस्थित कानेपोखरी–रंगेली सडक खण्डमा रंगेलीतर्फ जाँदै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको एसपी शर्माको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३७ वर्षीय राजकुमार तामाङ घाइते भएका छन्। उनको पथरी अस्पतालमै उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर