Aamsanchar

मेचीनगर एक धामीलाई ठगी धन्दा नर्गन चेतावनी

Author Image
शुक्रवार, माघ २, २०७७
मेचीनगर ।  झारफुक गरेर बिरामीलाई निको पारिदिने नाउमा मोटो रकम लिने मेचीनगर-१४,का अर्जुन हेमरमलाई स्थानीय टोल विकास समितिले चेतावनी दिएको छ ।
पेटका बिरामी देबेन्द्र उप्रेतीलाई म झरफुक गरेरै  निको पारिदिन्छु भनी मोटो रकम लिएपनि निको नबनाएपछि उप्रेतीले टोल बिकास समितिलाई निवेदन गरेका थिए । उक्त समस्या सामाधान गर्न मेचीनगर-१४ को प्रगति  टोल बिकास समितिले आयोजना गरेको कार्यक्रममा धामीको काम गर्ने शैली शंकास्पद रहेको ठहर गर्दै समितिले चेतावनी दिएको हो । पीडित उप्रेतीको समस्या सवाधान गर्नुपर्ने , धामी गर्दा बिगतका दिनमा गर्दै आएको शैली परिवर्तन गर्नुपर्ने, महिलालाई एक्लै र एकान्तमा फुक्ने कार्य बन्द गर्नुपर्ने, लगायतमा चेतावनी दिएको हो । उक्त सुझाव चेतावनीलाई उल्ललङन गरेको पाइएमा समाजिक कार्वाही गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा आफुलाई झारर्फुक गर्दा  निको  नभएको  तर, २० हजार बढी रकम र मोबाइल धामी हेमरमले लिएको पीडित उप्रेतीको भनाइ छ । आफुलाइ निको पार्ने निहुँमा आफ्नी श्रीमतिलाई बिराम लगाइदिएकोले धामीलाई सामाजिक र कानुनी कार्वाही गरि आफ्नो क्षतिपुर्ती दिलाइदिन माग गरेका थिए ।
कार्यक्रममा मेचीनगरका नगरपरिषद सदस्य बिन्दा प्रसाइले समाजमा राम्रो काम गर्नेलाई पुरस्कृत र बिकृती ल्याउने, नराम्रो काम गर्नेलाई सामाजिक रुपमा तिरस्कृत र दण्डित गर्ने बताइन् । जीवन प्रसाइको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्णकुमारी सुवेदी, अनिता खड्का, सीता अधिकारी, इन्द्रबहादुर अधिकारी, निराजन प्रसाईं, भवनिशकर मिश्र, गुनुलाल राजबन्सी, टंकप्रसाद शिवाकोटी बिना भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमको संचालन प्रकाश उप्रेतीले गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर