Aamsanchar

हिटर बालेर सुतेका ८६ वर्षका शिवरामको जलेर ज्यान गयो

Author Image
मङ्गलवार, माघ ६, २०७७

काठमाण्डौ – काठमाण्डौको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिनुभयो ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । खड्काको छाती, पेट र ढाड पुरै जलेको बोहोराले जानकारी दिनुभयो । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर