Aamsanchar

आज बिहान मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ जना घाइते

Author Image
मङ्गलवार, माघ ६, २०७७

विराटनगर –  मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले बताएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । उनकाअनुसार दुर्घटनामा परेर घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर