Aamsanchar

२० दिनका लागि तातोपानी नाका बन्द

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाण्डौ- चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ । आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । यो नाकाबाट कार्तिक महिनायता एक हजारभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर