Aamsanchar

जुम्लामा देउडा गाउँदै प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

Author Image
बिहिवार, माघ ८, २०७७

जुम्ला – हिमाली जिल्ला जुम्लाको ग्रामिण भेगका महिलाले देउडा गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन्‌। पातारासी गाउँपालिकाका महिलाले देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद‌ विघटनको विरोध गरेका हुन्‌।

देउडा गीतमा महिलाहरूले केपी ओलीको ठेगान छैन आज भोलीु जस्ता टुक्का रचेर देउडा प्रदर्शन गरेका थिए। प्रायस् महिलाहरू दूधे बालक च्यापेर सहभागी भएका थिए। नेकपा कर्णाली प्रदेश कमिटीको सदस्य मायादेवी बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट्रघाती भएको भन्दै विरोधमा उत्रिएको बताइन्‌। उनले भनिन्‌, प्रधानमन्त्री केपी ओलीले गरीब जनताको पसिना र शहीदको रगतले लेखिएको संविधानको अपमान गरेका छन्‌।

कार्यक्रममा अधिकांश वक्ताले केपी ओलीले राष्ट्र विरोधी कदम चालेकाले देश बचाउन आफूहरूले विरोध गरेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर