Aamsanchar

प्राप्त आवेदनका आधारमा लाइसेन्सकाे परीक्षाका लागि पालैपालो बोलाइने, भोलिदेखि कोटा प्रणाली हट्ने

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाण्डौ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार(भोलि) देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो । यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताउनुभयो ।

यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर