Aamsanchar

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए ।

उनले भने, ‘शताब्दी पुरुषले हामीलाई आफूले अझै आँखा देख्ने, कान सुन्ने छँदै किन अस्पताल जाने भनेर जवाफ दिनुभयो ।’ किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ । आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा,डा, बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर