Aamsanchar

जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमिहीनलाई आग्रह

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो । फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ । आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर