Aamsanchar

आज प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हिमापातको संभावना

Author Image
बुधवार, माघ १४, २०७७

प्रतिकात्मक फायल तस्वीर ।

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमापातको संभावना रहेको महाशाखाको अनुमान छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर