Aamsanchar

थाइल्याण्डका राजाले बडीगार्डलाई बनाए देशकी दोस्री रानी

Author Image
बुधवार, माघ १४, २०७७

थाइल्याण्डका राजाले आफ्नी प्रेमिकाको जन्मदिनको अवसरमा उनलाई क्राउन लगाएर देशकी दोस्री रानी बनाएका छन् । ६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत गर्दै डेलीमेलले जानकारी दिएको छ ।

जन्मदिनको अवसरमा यी दुईले मिल्दोजुल्दो निलो रङको कोट लगाएका थिए । जन्मदिन बैंककमा मनाइएको थियो ।

सोनिनत विभिन्न विवादसहित चर्चामा आइरहन्छिन् । यसअघि उनलाई सन् २०१९ मा थाई रानीको राज्याभिषेकको क्रममा बाधा निम्त्याउने कोसिस गरेको भन्दै पक्राउ गरिएको थियो ।

सिनिनतले थाइल्याण्डमा एक पाइलटको रुपमा तालिम पनि लिएकी छिन् । यसबाहेक उनले थाई राजाको शाही बडीगार्ड युनिटमा पनि काम गरेकी छिन् । सन् २०१९ मा उनको प्रोमोशन भएको थियो र उनलाई मेजर जनरल बनाइएको थियो । केही महिना अघि उनका हज्जारौंको संख्यामा नग्न फोटो सार्वजनिक भएको थियो । थाइल्याण्डको राजासँग नजिकिएका कारण रानीले नै उनको तस्बिर लिक गराएको मान्यता राखिएको थियो ।

२१ अक्टोबर सन् २०१९ मा रानी सुथिदाको राज्याभिषेकमा बाधा निम्त्याएका कारण उनको सबै सैनिक, सरकारी पद र मान खोसिएको थियो । अघिल्लो वर्षको अगस्टसम्म उनीबारे विभिन्न अफवाह फैलिए । कतिले उनलाई जेल सजाय दिइएको भने भने कतिले उनको मृत्यु भइसकेको बताए । यद्यपि, सन् २०२० को सेप्टेम्बरमा उनलाई सबै पद र सम्मान फिर्ता दिइएको थियो ।

पछिल्लो समय थाइल्याण्डमा राजतन्त्रविरुद्ध प्रदर्शन चलिरहेका बेला राजाले अचानक यस्तो निर्णय गरेका हुन् । केही समययता थाइल्याण्डमा राजतन्त्रको पुनर्संरचनाको मागसहित प्रदर्शन भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर