Aamsanchar

भद्रपुर नगरपालिकाद्वारा पुस ७ मा बालमैत्री दिवस मनाउने निर्णय

Author Image
शुक्रवार, माघ १६, २०७७

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गते बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय गरेको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रसातवलाई नगरसभाले पारित गरेको बताएइएको छ ।

यही पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँर्चौं बालमैत्री नगरपालिका बनेको छ ।

नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको रुपमा खुशीयालीस्वरुप पुस ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगरसभाले गरेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाले बालमैत्रीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धि एवम् ऐन–कानूनको पालना, बालबालिका सम्बन्धी राष्ट्रिय रणनीतिको पालनालगायत बालबालिकाको हितका ३९ वटा सुचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुन सफल भएको थियो । १ नं प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले यही पुस ७ गते एक समारोहका बीच भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नुभएको थियो ।

नगरसभाले बालबालिकासम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वांगीण विकासका लागि योजनाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, नगरसभाले चालु आ. व. को ६ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरु पनि पारित गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर