Aamsanchar

भोक हडतालका कारण तिन स्थानमा इन्टरनेट सेवा रोकियो

Author Image
सोमवार, माघ १९, २०७७

भारत सरकारले नयाँ कृषि कानुनको विरोधमा कृषकहरूले भोक हडताल गरिरहेका राजधानी नयाँदिल्लीका तीनवटा क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । सरकारले जनसुरक्षा कायम राख्नका लागि आइतबार रातिसम्म सो सेवा अवरुद्ध रहने पत्रकारहरूलाई बताएको छ ।

एक महिनाभन्दा लामो समयदेखि दिल्लीको छेउछाउमा लाखौंको संख्यामा भारतीय कृषकहरूले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

सरकार र युनियनहरूबीच भएका वार्ताले समस्या फुकाउन सकेका छैनन् । एउटा ट्रयाक्टर (याली हिंसात्मक भिडन्तमा टुंगिएपछि मंगलबार कृषक प्रदर्शनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो प्राथमिकता पाएको थियो ।

उक्त हिंसात्मक घटनामा एकजना प्रदर्शनकारीको ज्यान जानुका साथै अन्य दर्जनौं प्रहरी अधिकारी घाइते भएका थिए । केही प्रदर्शनकारी दिल्लीको ऐतिहासिक लालकिल्लालाई कब्जा गरेर बसेका थिए । प्रहरीले बल प्रयोग गरेर तिनीहरूलाई त्यहाँबाट हटाउनुपरेको थियो ।

शनिबार आन्तरिक मन्त्रालयले सिंघु, घाजिपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट सेवा काटिएको जानकारी दिएको थियो । कृषक नेताहरूले भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको जन्मजयन्तीको संयोग पारेर शनिबार एकदिने भोक हडतालको आयोजना गरिएको बताएका थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर