Aamsanchar

गाउँमा बस पुग्दा पन्चेबाजा सहित खुशियालीमा स्थानिय

Author Image
सोमवार, माघ १९, २०७७

तस्बिरः दिलिप शाहीको फेसबुकबाट

जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ मजकोटमा पहिलो पटक बस पुगेको छ।

आइतबार मध्यपश्चिम यातायात प्रालिको बस गाउँमा पुगेको हो। पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयले बाजागाजासहित स्वागतत गरेका छन्। आइतबार बेलुका सवा ४ बजे कर्णाली प्रदेश ००२७ नम्बरको बस चालक यामबहादुर बिसीले गाउँमा पुर्‍याएका हुन्।

चालक तथा सहचालकलाई फूलमाला लगाएर स्वागत गरिएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर विकले बताए। उनका अनुसार अबदेखि नियमित सुर्खेतदेखि मजकोटसम्म बस जाने भएको छ। भाडादर भने ९५० रुपैयाँ (सुर्खेतदेखि) तोकिएको छ। ‘अहिले यही भाडा भनिएको छ, मिलेसम्म हामी घटाउने प्रयास गर्नेछौं,’ वडा अध्यक्ष विकले भने।

यातायात प्रालिहरूले यसअघि पश्चिम जाजरकोटको सुयाडासम्म आलोपालो गरी एउटा बस सुर्खेतदेखि पठाउने गरेका थिए। अबदेखि मजकोटसम्म पनि आलोपाली गरेरै यातायात प्रालिले बस पठाउने सहमति भएको वडा अध्यक्ष विकले बताए।

उनका अनुसार आज काँक्रेबिहार यातायात प्रालिले बस पठाउँदै छ। त्यहाँ पुगेको मध्यपश्चिम यातायातको बस आजै सुर्खेत फर्किनेछ।

जाजरकोटको विकट क्षेत्र मानिने जुनीचाँदे बस पुग्ने जिल्ला सदरमुकाम पछिको पश्चिम क्षेत्रको पहिलो गाउँ हो। यसअघि उक्त क्षेत्रका मानिस मध्यपहाडी राजमार्गमा पर्ने हुँदै सुयाडासम्म बसमा यात्रा गर्न पाउँथे।

यद्यपि जीपलगायतका साना सवारी साधन भने रूट परमिट विनै सञ्चालनमा थिए। साना गाडीमा सुर्खेतदेखि त्यहाँसम्मको भाडा १ हजार ५०० तिर्नुपर्थ्यो। मध्यपहाडी राजमार्ग छोडेर राजमार्गको शाखा रोड हुँदै मजकोट पुग्न १६ किलोमिटर छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर