Aamsanchar

आगोमा जल्दा ७ वर्षीय बालकको ज्यान गयो

Author Image
बुधवार, माघ २१, २०७७

खोटाङ – आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको ज्यान गएको छ । भत्किएको घरमा कुन्यु बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको ज्यान गएको हो । हिजो साथीहरुसँग खेल्न गएको बेला आगो खेलाउने क्रममा आगो लाग्दा बालकको ज्यान गएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । जेसनसँगै खेल्न गएका दुई बालक भने भागेर बाँचेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर